खेल

न्यु डायमन्डलाई उपाधि

काठमाडौं– आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले पारामाउन्ट इङ्लिस स्कुलमाथि ३–२ को जित हात पार्दै प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

न्यु डायमन्ड एकेडेमीको कोर्टमा सम्पन्न खेलमा आयोजक न्यु डायमन्डले पहिलो सेट २०–२५ ले गुमाएको थियो । दोस्रो र तेस्रो सेटमा डायमन्डले खेल २५–१९,२५–२३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । चौथो सेटको खेलमा ४–१४ ले पछि परेको स्थितिलाई सुधार गर्दै पारामाउन्टले न्यु डायमन्डमाथि रोमाञ्चक २८–२६ को जित हात पारेको थियो । निर्णायक सेट भने न्यु डायमन्डले १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि घरमै राख्न सफल भएको हो ।विजयी न्यु डायमन्डले नगद ४५ हजार रुपैयाँ हात पा¥यो भने उपविजेता पारामाउन्टले २५ हजार रुपैयाँमा चित्त बुझायो । यस्तै, तेस्रो भएको बीजेश्वरीले १५ हजार रुपैयाँ हात पार्दा सान्त्वना टोली थ्री स्टारले १० हजार रुपैयाँ हात पार्यो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरि नगर कमिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी शिवम् न्यु डायमन्डकी वाल्मीका आचार्य घोषित भइन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट स्पाइकर पारामाउन्टकी सृष्टि खड्गी, उत्कृष्ट सेटर डायमन्डकी अनिशा सुनुवार, उत्कृष्ट सर्भर डायमन्डकै रस्मिता दुरा र उत्कृष्ट डिफेन्डर पारामाउन्टकी सम्पदा श्रेष्ठ घोषित भए ।मंगलबारै भलिबल दिवस मनाउन आयोजना गरिएको मैत्रीपूर्ण खेलमा विभागीय टोली एपिएफले न्यु डायमन्ड एकेडेमीलाई २५–२२, २५–१९ ले पराजित ग¥यो ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०३:४९ बुधबार

न्यु डायमन्डलाई उपाधि