खेल

आइपीएल प्लेअफ : हैदरावादद्वारा चेन्नईसामु १४० रनको लक्ष्य प्रस्तुत

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको पहिलो प्लेअफ खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनायो। चेन्नईविरुद्ध हैदरावादको व्याटिङ्ग सुरुदेखि नै खराब रह्यो। अनुभवी व्याट्सम्यान शिखर धवनलाई शून्य रनमा गुमाएको हैदरावादले कप्तान केन विलम्सनलाई २४ रनमा गुमायो। उनले ४ चौका प्रहार गरे। 

तर, सातौं नम्बरमा व्याटिङ्गका लागि मैदानमा उत्रिएका कार्लाेस ब्रेथवेटले टिमको स्कोर सम्हाल्दै नटआउट ४३ रन जोडे। २८ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे।  

युसुफ पठान २४, श्रीभत्स गोस्वामी र शकिब अल हसनले १२–१२ रन जोडे।  

बलिङतर्फ ड्वेन ब्राभोले २ विकेट लिए। दीपक चाहर, शार्दुल ठाकुर, लुंगी नगिदी र रवीन्द्र जडेजाले १–१ विकेट लिए।

प्रकाशित: ८ जेष्ठ २०७५ १४:५६ मंगलबार

आइपीएल प्लेअफ हैदरावादद्वारा चेन्नईसामु १४० रनको लक्ष्य प्रस्तुत