खेल

आइपीएल : दिल्लीद्वारा मुम्बईसामु १७५ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान फिरोज शाह कोट्लामा टस जितेर पहिले व्याटिङ्ग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनायो। दिल्लीका लागि ऋषभ पन्तले ४४ बलमा ६४ रन बनाए। ४ चौका र ४ छक्का उनले प्रहार गरे।

विजय शंकरले ३ चौका र २ छक्कासहित नटआउट ४३ रन बनाए। ग्लेन म्याक्सवेलले २२, अभिषेक शर्माले १५, पृथ्वी शाले १२ रन जोडे।

बलिङतर्फ क्रुनाल पाण्ड्या, जसप्रित बुमराह र मायन्क मार्कन्डेले १–१ विकेट लिए।

जवाफी व्याटिङ्ग गर्ने मुम्बईले प्लेअफमा पुग्न यो खेल जित्नैपर्नेछ। अन्यथा बाहिरिन सक्छ।

यसपछि आजै राति किंग्स इलेभन पञ्जाब र चेन्नर्इ सुपर किंग्स बीच खेल हुँदैछ।

प्रकाशित: ६ जेष्ठ २०७५ १२:२५ आइतबार

आइपीएल दिल्लीद्वारा मुम्बईसामु १७५ रनको लक्ष्य प्रस्तुत