खेल

आइपीएल : राजस्थानद्वारा बेंग्लोरसामु १६५ रनको लक्ष्य प्रस्तुत

जयपुर– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले घरेलु मैदानमा रोयल च्यालेञ्जर्स बेंग्लोरसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर व्याटिङ्ग गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनायो।  राजस्थानका लागि राहुल त्रिपाठीले नटआउट ८० रन बनाए। ५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।

कप्तान अजिक्य रहाणेले ३ चौकासहित ३३ र हेनरिच क्लासेनले ३ चौका र १ छक्कासहित ३२ रन जोडे।

बलिङतर्फ उमेश यादवले ३ विकेट लिए।

प्रकाशित: ५ जेष्ठ २०७५ १२:१२ शनिबार

आइपीएल राजस्थानद्वारा बेंग्लोरसामु १६५ रनको लक्ष्य प्रस्तुत