खेल

रमपम उदयपुर गोल्डकप : मनाङ र थ्रीस्टार फाइनलमा

उदयपुर– मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौ रमपम उदयपुर गोल्डकपको फाइनलमा पुगेको छ। बिहीबार भएको खेलमा सुनसरीको आत्मघाती १ सहित ३–२ गोलको अन्तरले मनाङ फाइनलमा पुग्न सफल भएको हो। 

खेल सुरु भएको १० औं मिनेटमा सुनसरीका खेलाडी रमेश राजवंशीले साथीलाई दिएको पास पोलमा ठोक्किन गई आत्माघाती गोल हुन पुग्दा मनाङलाई फाइनल पुग्न सहज भयो। खेलको २३ औं मिनेटमा मनाङका दक्षिण अफ्रिकन खेलाडी भिक्टर अमोवीले  गोल थपेर आप्mनो टिमको पक्षमा २ गोल पु¥याए। 

सुनसरीका निशाल लिम्बुले २८ औं मिनटमा पेनाल्टी सुटआउटमा गोल गरेर टिमलाई अघि बढाउदै गर्दा अर्का खेलाडी सौजन लिम्बुले ६४ औं मिनटमा थप गोल गरी खेललाई बराबरी पु¥याए। तर, ७५ औं मिनटमा मनाङका विमल रानाले अर्को गोल थपेपछि मनाङ फाईनलको प्रतिस्पर्धी हुन पुगेको हो। 

बिहीबारको खेलमा म्यान अफ द म्याचको उपाधि मनाङकै डोना थापा घोषित भए। उनलाई सहप्रायोजक त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी र आयोजक अध्यक्ष किरण राईले संयुक्त रुपमा ७ हजार नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरे। 

शनिबार हुने फाईनल खेलमा मनाङ र अघिल्लो दिनको विजेता रुस्लान थ्रीस्टार क्लबबीच ५ लाख र ट्रफी तथा ३ लाख नगद पोल्टामा पार्न प्रतिस्पर्धा हुनेछ। राजधानीका २ विभागीय टिमबीचको प्रतिस्पर्धा हेर्नुअघि शुक्रबारको खेलमा आयोजक र पत्रकारबीच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ। 

प्रकाशित: ३ जेष्ठ २०७५ १५:३३ बिहीबार

रमपम उदयपुर गोल्डकप मनाङ थ्रीस्टार फाइनलमा