खेल

हिमाललाई पारा एथलिट अवार्ड

काठमाडाैं – बास्केटबल र क्रिकेटका खेलाडी हिमाल अर्यालले पारा एथलिट अवार्ड जितेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा बिहीबार आर्मी अफिसर क्लब भद्रकालीमा आयोजित पल्सर स्पोटर्स कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो।  उनी नेपाल ह्विलचेयर बास्केटबल र क्रिकेट टोलीका कप्तान हुन्।

२०७४ सालमा नेपालले घरेलु मैदानमा दक्षिण एसियाली  ह्विलचेयर बास्केटबल र क्रिकेटको उपाधि जित्दा हिमाल टोलीका कप्तान थिए।

प्रकाशित: ३ जेष्ठ २०७५ १३:२४ बिहीबार

हिमाललाई पारा एथलिट अवार्ड