खेल

उत्कृष्ट महिला खेलाडी शोभा गौचन

काठमाडौं – पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट महिला खेलाडी २०७४ ब्याडमिन्टनकी शोभा गौचन घोषित भएकी छिन्।

बिहीबार आर्मी अफिसर क्लब भद्रकालीमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा शोभाले बक्सिङका विमला श्रेष्ठ, फुटबलका सावित्रा भण्डारी, आर्चरीका ज्ञानु अवाले र टेलबटेनिसका नबिता श्रेष्ठलाई उछिन्दै सो अवार्ड हात पारेकी हुन्।

सोभाले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दिपेश धामीसँगै मिक्स डबल्सको उपाधि जितेकी थिइन्। 

प्रकाशित: ३ जेष्ठ २०७५ १३:१७ बिहीबार

उत्कृष्ट महिला खेलाडी शोभा गौचन