खेल

पल्सर स्पोर्टस अवार्डः पारस वर्षको उत्कृष्ट खेलाडी

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उत्कृष्ट पुरुष खेलाडी २०७४ को अवार्ड हात पारेका छन्।

बिहीबार आर्मी अफिसर्स क्लबमा नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा पारसले गल्फका टंकबहादुर कार्की, जुडोका इन्द्रबहादुर श्रेष्ठ, ब्याडमिन्टनका दिपेश धामी, क्रिकेटकै सन्दीप लामिछानेलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन्। पारसकै कप्तानीमा नेपालले यसै वर्ष वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

वल्र्ड क्रिकेट लिग डिभिजन टु मा १ शतक र १ अर्धशतकसहित २४१ रन बनाएका पारस प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। साथै पारसले आइसीसी विश्वकप छनोट क्रिकेटमा २३१ रन र स्कटल्यान्डविरुद्ध अर्धसतक बनाएका थिए।

प्रकाशित: ३ जेष्ठ २०७५ १२:२६ बिहीबार

पल्सर स्पोर्टस अवार्डः पारस वर्षको उत्कृष्ट खेलाडी