खेल

आइपीएल : राजस्थानद्वारा कोलकातासामु १४३ रनको लक्ष्य प्रस्तुत

कोलकाता– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको घरेलु मैदानमा इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको राजस्थान १९ ओभरमा अलआउट भयो। घरेलु मैदानमा कसिलो बलिङ गर्दै कोलकाताले राजस्थानलाई १४२ रनमा रोक्यो। 

राजस्थानका लागि जोस बट्लरले २२ बलमा सर्वाधिक ३९ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे। राहुल त्रिपाठीले ४ चौका र १ छक्कासहित २७ रन जोडे। जयदेव उनादकतले २६, सञ्जु सामसन १२, कप्तान अजिक्य रहाने र बेन स्टोकले समान ११ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान चल्न सकेनन्।

बलिङतर्फ कोलकाताका कुलदीप यादवले ४ विकेट लिए। प्रसिद कृष्णले २ तथा शिभम माभी, सुनील नारिन, र आन्द्रे रुसेलले समान १ विकेट लिए।

प्रकाशित: १ जेष्ठ २०७५ १५:५५ मंगलबार

आइपीएल राजस्थानद्वारा कोलकातासामु १४३ रनको लक्ष्य प्रस्तुत