खेल

नेर्पालाई अनुप स्मृति गोल्डकप

तस्बिरः दमन/नागरिक

खोटाङ – बुइपा सेवा समाज बुइपालाई सडेनडेथमा ६–५ ले पछि पार्दै दिक्तेल रूपाकोट मझुवागढी नेर्पाले अनुप स्मृति गोल्डकपको उपाधि उचालेको छ।

दिक्तेलको माटिकोरे खेलमैदानमा सोमबार भएको फाइनल खेल निर्धारित समयमा बराबरी २–२ गोल भएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवैतर्फको ५–५ गोल भएपछि खेलको निर्णय सडेनडेथबाट लिइएको थियो।

प्रतियोगितामा विजेता नेर्पाले नगद १ लाख ५१ हजार १ सय ११ र उपविजेता बुइपा सेवा समाजले नगद ७५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गरे।

प्रतियोगिताका सेमिफाइन पुग्ने भोजपुर नगरपालिका र फ्रेन्डसिप यातायात सेवालाई नगद २५–२५ हजार रुपियाँ प्रदान गरिएको छ । विजेता टेलीलाई प्रदेशसभाका सांसद रामकुमार राईलगायतले पुरस्कार प्रदान गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७५ ०४:३३ मंगलबार

नेर्पालाई अनुप स्मृति गोल्डकप