खेल

आइपीएल : कोहलीको बेंग्लोरद्वारा पञ्जाब ८८ रनमै अलआउट

इन्दौर– इण्यिन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स एलेभन पञ्जाबले रोयल च्यालेञ्जर्स बेंग्लोरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मध्य प्रदेशको इन्दौरस्थित होल्कर स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा मध्ये १५.१ अाेभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो। ११ औं सिजनको आइपीएलमा यो सबैभन्दा कम स्कोर हो।

पञ्जाबका लागि एरोन फिन्चले २६ रन बनाए। २३ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। केएल राहुलले १५ बलमा ३ छक्कासहित २१ रन र क्रिश गेलले ४ चौकाको मद्दतमा १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ उमेश यादवले ३ विकेट लिए।

प्रकाशित: ३१ वैशाख २०७५ १६:२३ सोमबार

आइपीएल कोहलीको बेंग्लोरद्वारा पञ्जाब ८८ रनमै अलआउट