खेल

आइपीएल : दिल्लीद्वारा बेंग्लोरसामु १८२ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो। दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

आइपीएलमा डेब्यु गरेका अभिषेक शर्माले पहिलो खेलमै नटआउट ४६ रन बनाए। १९ बल खेलेका उनी ३ चौका र ४ छक्कासहित अविजित रहे। कप्तान श्रेयश अय्यरले ३२ रन जोडे। विजय शंकर २१ रनमा अविजित रहँदा जेसन रोयले १२ रन बनाए।

बलिङतर्फ युजभेन्द्र चहलले २ विकेट लिए। मोहम्मद सिराज र मोइन अलीले १–१ विकेट लिए।

प्रकाशित: २९ वैशाख २०७५ १५:४९ शनिबार

आइपीएल दिल्लीद्वारा बेंग्लोरसामु १८२ रनको लक्ष्य प्रस्तुत