खेल

आइपीएलमा सन्दिपको डेब्यु

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गरेका छन्। 

रोयस च्यालेञ्जर्स बेंग्लोरविरुद्ध घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले सन्दिपलाई मैदानमा उतारेकाे हाे।

दिल्लीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ११ खेलाडीको नाम उल्लेख गरेको छ। जसमा सन्दिपको नाम ७ औं नम्बरमा छ।

यसअघि नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा नेपाल आइपीएलसँग जोडिएको र पहिलोपटक नेपाली नौजवान सन्दिप लामिछाने खेलिरहेको भन्दै नेपाल–भारत सम्बन्धको उदाहरण दिएका थिए।

प्रकाशित: २९ वैशाख २०७५ १४:१७ शनिबार

आइपीएलमा सन्दिपको डेब्यु