खेल

आइपीएल : पञ्जाबमाथि कोलकाताको ३१ रनको सानदार जित

इन्दौर– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबमाथि ३१ जित निकालेको छ।। जितसँगै कोलकोता आइपीएलको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

मध्य प्रदेशको इन्दौरस्थित होल्कर स्टेडियममा टस जितेर पहिले व्याटिङ्ग गर्न मैदानमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो। जवाफी व्याटिङ्गमा उत्रिएको पञ्जाब ८ विकेटको क्षतिमा २१४ रनमा समेटियो। 

पञ्जाबका लागि केएल राहुलले ६६ रन बनाए। उनले २ चौका र ७ छक्का प्रहार गरे। रवीचन्द्रन आश्विनले ४ चौका र ३ छक्कासहित ४५ रन जोडे। आरोन फिन्चले ३४, क्रिश गेल २१, अक्षर पटेलले १९, इन्ड्रयु टायले १४ रन जोडे।

प्रकाशित: २९ वैशाख २०७५ १४:०८ शनिबार

आइपीएल पञ्जाबमाथि कोलकाताको ३१ रनको सानदार जित