खेल

सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालको विजयी सुरुवात

मस्को – सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

रूसको मस्कोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले केन्यालाई २–० ले पराजित गरेको हो। नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले एक–एक गोल गरे।

नेपाल रहेको समूह ‘डी’ मा केन्या र ताजकिस्तान छन्। अब दोस्रो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिसपर्धा गर्नेछ। यो खेलमा जित हात पारे नेपाल अर्काे चरणमा प्रवेश गर्नेछ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

प्रकाशित: २९ वैशाख २०७५ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App