खेल

आइपीएल : ऋषभ पन्तको शतकमा दिल्लीद्वारा हैदरावादसामु १८८ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली– ऋषभ पन्तको शतक प्रेरित दिल्ली डेयर डेभिल्सले ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादसामु १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विहीबार राति घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा टस जितेर व्याटिङ्ग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनायो। दिल्लीका लागि ऋषभ पन्तले शतक प्रहार गरे। ६३ बल खेलेका ऋषभ १२८ रनमा अविजित रहे। १५ चौका प्रहार गरेका पन्तले ७ छक्का हाने। हर्षल पटेलले २४ र जसन रोयले ११ रन जोडे। 

बलिङतर्फ हैदरावादका शकिब अल हसनले २ तथा भुवनेश्वरकुमारले १ विकेट लिए।

प्रकाशित: २७ वैशाख २०७५ १५:५४ बिहीबार

आइपीएल ऋषभ पन्तको शतकमा दिल्लीद्वारा हैदरावादसामु १८८ रनको लक्ष्य प्रस्तुत