खेल

दिवा – रात्रि टेस्ट नहुने

सिड्नी – भारतले असहमति जनाएसँगै अस्ट्रेलिया डिसेम्बरमा हुने भनिएको एक मात्र दिवा–रात्रि टेस्ट रद्द गर्दै समान्य तालिकामा शृंखला आयोजना गर्न बाध्य भएको छ।

अस्ट्रेलियाले डिसेम्बर ६ देखी १० सम्म भारतविरुद्ध एडिलेडमा दिवा–रात्रि टेस्टको तालिका सार्वजनिक गरेको थियो । तर भारतले फ्लड लाइटमा खेल्न अस्वीकार गरेसँगै अस्ट्रेलिया पछि हट्न बाध्य भएको थियो।

‘हामीलाई भारतीय क्रिकेट बोर्ड(बिसीसीआई) बाट एडिलेडमा निर्धारण गरिएको दिवा–रात्रि टेस्ट नखेल्ने औपचारिक सन्देश प्राप्त भएको छ,’ क्रिकेट अस्ट्रेलियाका प्रमुुख जेम्स सुथरल्यान्डले भने, ‘त्यसैले हामी दिवा – रात्रि खेल रद्द गर्दै समान्य समय(दिन) मा नै उक्त टेस्ट हुने जानकारी गराउन चाहान्छौं।’

सिएले पछिल्लो समय ट्वान्टी–२० संरचनाका कारण टेस्ट क्रिकेट छायामा परेको भन्दै यसलाई जोगाउन दिवा–रात्रि टेस्ट उत्तम भएको भन्दै भारतलाई शृंखलाका लागि प्रस्ताव गरेको थियो। तर भारतले आफूहरू दिवा–रात्रि टेस्टका लागि तयार भइनसकेको भन्दै अस्ट्रेलियाको प्रस्ताव अस्वीकार गरेको थियो।

‘हामीले अस्ट्रेलियाकोे प्रस्तावअनुसार दिवा–रात्रि टेस्ट खेल्न अस्वीकार गरेका हौ,’बिसीसीआईका प्रशासन प्रमुखले भने।  

अस्ट्रेलियाले सन् २०१५ पछि ४ वटा दिवा–रात्रि टेस्ट खेलेका छ। जसमध्ये ३ टेस्ट एडिलेडमा भएका थिए र सबै खेलमा अस्ट्रेलिायले  विजयी नतिजा हात पारेको थियो । भारतले भने हाल सम्म एउटा पनि दिवा–रात्रि टेस्ट खेलेको छैन।

सुथरल्यान्डले भारतले अस्वीकार गरेपनि जनबरीमा ब्रिसबेनमा श्रीलंकाविरुद्ध दिवा–रात्रि टेस्ट खेलिने बताए।

‘हाम्रो लक्ष्य प्रत्येक वर्ष कम्तीमा एउटा दिवा–रात्रि टेस्ट आयोजना गर्नु हो,’सुथरल्यान्डले भने, ‘हामी विदेशी भुमीमा पनि दिवा–रात्रि टेस्ट खेल्न तयार छौ । यस संरचनाप्रति हाम्र्रो कुनै गुनासो छैन।’

प्रकाशित: २७ वैशाख २०७५ ०४:४३ बिहीबार

दिवा रात्रि टेस्ट नहुने