खेल

आइपीएल : राजस्थानद्वारा पञ्जाबसामु १५९ रनको लक्ष्य प्रस्तुत

जयपुर– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस जितेर पहिले व्याटिङ्ग गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो। राजस्थानका लाथि जोश बटलरले सर्वाधिक ८२ रन बनाए। ५८ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे। सञ्जु सामसनले २२ रन जोडे।

बलिङतर्फ एन्ड्रयु टायले सर्वाधिक ४ विकेट लिए। मुजिबर रहमानले २ विकेट लिए।

प्रकाशित: २५ वैशाख २०७५ १६:१० मंगलबार

आइपीएल राजस्थानद्वारा पञ्जाबसामु १५९ रनको लक्ष्य प्रस्तुत