खेल

आइपीएल : घरेलु मैदानमा हैदरावादको खराब प्रदर्शन, बेंग्लोरले १४६ रनमा रोक्यो

हैदरावाद– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध कमजोर प्रदर्शन गर्दै १४७ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। 

घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावाद निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो। विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरका बलरसामु हैदरावादका व्याट्स म्यान क्रिजमा टिक्नै सकेनन्।

हैदरावादका लागि केन विलम्सनले सर्वाधिक ५६ रन बनाए। ३९ बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे। सकिब अल हसनले ३५, शिखर धवनले १३ र युसुफ पठानले १२ रन जोडे।

हैदरावादलाई सस्तैमा समेट्न टिम साउदी र मुहम्मद सिराजले ३–३ विकेट लिए। 

प्रकाशित: २४ वैशाख २०७५ १६:०५ सोमबार

आइपीएल घरेलु मैदानमा हैदरावादको खराब प्रदर्शन बेंग्लोरले १४६ रनमा रोक्यो