खेल

आइपीएल : राजस्थानद्वारा पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत

इन्दौर– भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

होल्कर स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनायो। राजस्थानका लागि जोश बटलरले सर्वाधिक ५१ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका प्रहार गरे।

सञ्जु समसनले २८ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। बेन स्टोक्स १२ र राहुल त्रिपाठीले ११ रन बनाउनु बाहेक अन्य खेलाडी पञ्जाबका बलरसामु निरिह बने। 

बलिङतर्फ मुजिबर रहमानले सर्वाधिक ३ तथा एन्ड्रयु टायले २ विकेट लिए। रभीचन्द्र अश्वीन, अंकित राजपूत, अक्षर पटेलले समान १–१ विकेट लिए।

प्रकाशित: २३ वैशाख २०७५ १६:०६ आइतबार

आइपीएल राजस्थानद्वारा पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत