खेल

आइपीएल : दिल्लीद्वारा हैदरावादसामु १६४ रनको लक्ष्य प्रस्तुत

हैदरावाद– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले सनराइजर्स हैदरावादसामु १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हैदरावादको घरेलु मैदान राजीव गान्धि इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले व्याटिङ्गमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनाएको हो। दिल्लीका लागि पृथ्वी शाहले सर्वाधिक ६५ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे।

दिल्लीका लागि पृथ्वी शँ ले सर्वाधिक ६५ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। श्रेयस अय्यरले ४४ रन जोडे। ३६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। विजय शंकरले नटआउट २३ रन जोड्दा रिसभ पन्त १८ रनमा आउट भए।

बलिङतर्फ रसिद खानले २ तथा श्रदुल कौलले १ विकेट लिए। 

प्रकाशित: २२ वैशाख २०७५ १६:०० शनिबार

आइपीएल दिल्लीद्वारा हैदरावादसामु १६४ रनको लक्ष्य प्रस्तुत