खेल

दमक गोल्डकप आजबाट सुरू हुँदै, विजेताले १३ लाख प्राप्त गर्ने

तस्बिर साैजन्य : गाेलनेपाल डट कम

दमक – झापाको दमकमा बुधबार (आज) बाट दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। खेल दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं भिड्दै छन्। गोल्डकपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा आयोजक दमक नगरपालिका सहित झापा ११, थ्री स्टार, मनाङ मर्स्याङदी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, रुपन्देही ११, सरस्वती र मदन भण्डारी स्पोर्टस एकेडेमी गरी १० टोलीको सहभागिता रहेको छ।

वैशाख २८ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछन्। गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ।

साथै उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दि म्याचले ११ हजार प्राप्त गर्नेछन्।

प्रकाशित: १९ वैशाख २०७५ ०७:३७ बुधबार

दमक गोल्डकप आजबाट हुँदै विजेताले १३ प्राप्त गर्ने