खेल

टोटेनह्यामको च्याम्पियन्स लिगमा छनाेट हुँने सम्भावना बलियो बन्दै

इङल्याण्ड – टोटेनह्यामले इङलिस प्रिमियर लिग फुटबलको शीर्ष ४ मा पर्ने सम्भावना कायमै राखेको छ।

प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न खेलमा टोटेनह्यामले वाट्फोर्डलाई २–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ। टोटेनह्यामका लागि १६ औं मिनेटमा डेले अली र ४८ औं मिनेटमा ह्यारी केनले गोल गरे।

जितपछि चौथो स्थानको टोटेनह्यामले ३५ खेलबाट ७१ अंक बनाएको छ। एक खेल बढी खेलेको लिभरपुल ७२ अंकसहित तेस्रो स्थानमा छ। पाँचौ स्थानको चेल्सीको भने ६६ अंक छ। प्रिमियर लिगको शीर्ष चारभित्र पर्ने टोली च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ।

प्रकाशित: १८ वैशाख २०७५ ०६:०३ मंगलबार

टोटेनह्यामको च्याम्पियन्स लिगमा छनाेट हुँने सम्भावना बलियो बन्दै