खेल

रोहितको कप्तानीमा स्कटल्याण्ड भ्रमणका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

यो शृंखला जुन २०२५ मा आयोजना हुनेछ।

घोषित टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन् भने दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा अनुभवी खेलाडीदेखि युवा प्रतिभासम्मलाई समेटिएको छ।

टोली :

रोहित पौडेल (कप्तान)

आसिफ शेख

कुशल भुर्तेल

अनिल कुमार साह

भीम सार्की

आरिफ शेख

बशिर अहमद

गुल्शन कुमार झा

दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

सन्दीप लामिछाने

सोमपाल कामी

करण केसी

ललित नारायण राजवंशी

नन्दन यादव

रिजन ढकाल

क्यानले विश्वकप लिग-२ शृंखला समाप्त भएपछि टी-२० आई टोलीमा थप गरिने खेलाडीहरुको नाम पनि सार्वजनिक गरेको छ। जसमा निम्न खेलाडीहरु रहेका छन्:

किरण ठगुन्ना, रुपेश कुमार सिंह, लोकेश बम

प्रकाशित: २७ वैशाख २०८२ १६:४७ शनिबार