खेल

आइपीएल : हैदरावादसँग घरेलु मैदानमा ११ रनले हार्यो राजस्थान

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आइतबार अपराह्नको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि ११ रनको जित हात पारेको छ।

घरेलु मैदान सवाई मानसिंह स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको राजस्थान खेलको निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनमा समेटियो। 

जवाफी व्याटिङ्ग गरेको हैदरावादले ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। हैदरावादका लागि केन विलम्सन ६३ रनको पारी खेले। ४३ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। एलेक्स हलेसले ३९ बलमा ४ चौकासहित ४५ रन जोडे।  

प्रकाशित: १६ वैशाख २०७५ १३:११ आइतबार

आइपीएल हैदरावादसँग घरेलु मैदानमा ११ रनले हार्यो राजस्थान