काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्लामा कोलकाता नाइटराइडर्समाथि ५५ रनको सानदार जित निकालेको छ ।
टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो। २२० रनको लक्ष्य पाएको कोलकाताले ९ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो।
कोलकताका अान्द्रे रसेलले ४४ रनको योगदान दिए पनि जितका लागि काफि हुन सकेन। शुवमान गिलले ३७ र सुनिल नारिनले २६ रन बनाए ।
बलिङतर्फ अमित मिश्रा, अभेस खान, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।
दिल्लीका नवनियुक्त कप्तान श्रेयर अायरले नट आउट ९३ रन बनाउँदै जितका लागि महत्वपूर्ण योग्दान गरे। उनले ४० बलमा ३ चौका र १० छक्का प्रहार गरे।
पृथ्वी शाले ४४ बलमा ६२ रनको पारी खेले। उनले ७ चौका र २ छक्का प्रहार गरे। कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्कासहित ३३ तथा ग्लेन म्याक्सवेलले १८ बलमा १ चौका र २ छक्कासहित २७ रन जोडे।
बलिङतर्फ पियुषा चावला, शिभम माभी र आन्द्रे रुसेलले समान १ विकेट लिए।
यो जितसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ। ६ खेलबाट १० अंक बटुलेको चेन्नई शीर्ष स्थानमा छ।
प्रकाशित: १५ वैशाख २०७५ ०१:५८ शनिबार