खेल

आइपीएल : घरेलु मैदानमा दिल्लीले बनायो २१९ रन

नयाँदिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्लामा २१९ रन बनाएको छ। पछिल्ला खेलमा कमजोर प्रदर्शन गर्दै दिल्लीले कप्तान गौतम गम्भीरको राजीनामासँगै शुक्रबार राति कोलकाता नाइड राइडर्सविरुद्ध निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय रन कटाउन सफल भयो। 

कोलकातालाई २२० रनको विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा दिल्लीका श्रेयर लेरले नटआउट ९३ रन बनाए। ४० बलमा ३ चौका र १० छक्का प्रहार गरे। पृथ्वी शाले ४४ बलमा ६२ रनको पारी खेले। ७ चौका र २ छक्का उनले प्रहार गरे। कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्कासहित ३३ तथा ग्लेन म्याक्सवेलले १८ बलमा १ चौका र २ छक्कासहित २७ रन जोडे।

बलिङतर्फ प्युष चावला, शिभम माभी र आन्द्रे रुसेलले समान १ विकेट लिए।

यसअघि गौतम गम्भीरको कप्तानीमा दिल्ली घरेलु मैदानमा पञ्जाबसँग ४ रनले पराजित भएको थियो। 

प्रकाशित: १४ वैशाख २०७५ १६:१३ शुक्रबार

आइपीएल घरेलु मैदानमा दिल्लीले २१९ रन