खेल

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो

काठमाडौं – युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन्।

बिहीबार राति आर्सनलको मैदानमा सम्पन्न खेलमा घरेलु टोलीका लागि ६२ औं मिनेटमा अलेक्जेण्डर लाकाजेट्ले गोल गर्दै अग्रता दिलाएपनि एथ्लेटिकोका एन्टोनियो ग्रीजम्यानले ८२ औं मिनेटमा गोल फर्काउदै खेल बराबरी गरेका थिए।

त्यसपछि निर्धारित समयमा गोल हुन नसकेपछि खेल बराबरीमा टुंगीयो। खेलको १० औं मिनेटमा सिमे भर्सलजेको दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको थियो।

यी दुई टोलीबीचको दोस्रो लेग आगामी बिहीबार मड्रिडमा हुनेछ।

प्रकाशित: १४ वैशाख २०७५ ०४:३९ शुक्रबार

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो