खेल

राजस्थानविरुद्ध टस जितेर पहिला बलिङ गर्दै बैंगलोर

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज (आइतबार) लगातार दोस्रो दिन डबल हेडर (एकै दिन दुई खेल) हुँदैछ।

आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा केही समयपछि सुरु हुनेछ।

यस सिजन राजस्थानले ५ खेलमध्ये २ खेल लगातार जित्दै अङ्क तालिकामा हाल ७औं स्थानमा छ। बैंगलोरले ५ मध्ये ३ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ। दुवै टोली अघिल्लो खेलमा पराजित भएका थिए।

यस्तै, आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन्।

प्रकाशित: ३१ चैत्र २०८१ १५:३१ आइतबार