खेल

बी डिभिजन लिग : टुसालले आरसीटीलाई बराबरीमा रोक्यो

सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले अन्नपूर्ण टिम (आरसीटी)लाई बराबरीमा रोकेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा दुवैले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  

खेलमा अग्रता भने सुदीप लामाको गोलबाट आरसीटीले ४९औं मिनेटमा लिएको थियो । तर ६१औं मिनेटमा देवराज तामाङले टुसालका लागि बराबरी गोल फर्काएका थिए ।  

प्रकाशित: २२ चैत्र २०८१ १९:०४ शुक्रबार

#B Division