खेल

आइपीएल : बेंग्लोरले चेन्नईलाई दियो २०६ रनको विजय लक्ष्य

बेंग्लुरु– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ। 

घरेलु मैदान एम चिन्नाश्वामी स्टेडियम बेंग्लुरुमा टस हारेर व्याटिङ्गको निम्तो पाएको विराट कोहलीको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन बनायो।

बेंग्लोरका लागि एबी डिविलियर्सले सर्वाधिक ६८ रन बनाए। ३० बल खेलेका उनी २ चौका र ८ छक्कासहित आउट भए। क्विंटन डि ककले ३७ बलमा ५३ रन जोडे। उनले १ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम समयमा व्याटिङ्गमा आएका मन्दिप सिंहले १७ बलमा ३२ रन बनाएर टिमको स्कोर उकासे। उनले १ चौका र ३ छक्का प्रहार गरे।

कप्तान विराट कोहलीले १५ बलमा ३ चौकासहित १८ रन बनाउँदा वाशिंटन सुन्दर १३ रनमा अविजित रहे। 

बलिङतर्फ श्रदुल ठाकुर, इमरान तहिर र ड्वेन ब्राभोले समान २ विकेट लिए।

प्रकाशित: १२ वैशाख २०७५ १६:०२ बुधबार

आइपीएल बेंग्लोरले चेन्नईलाई दियो २०६ रनको विजय लक्ष्य