खेल

पीएम कपः कर्णालीमाथि बागमतीको फराकिलो जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार बागमती प्रदेश विजयी भएको छ । उसले कर्णाली प्रदेशलाई ९ विकेटले‌ पराजित गर्‍यो।

दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले ६।३ ओभरमा १ विकेट गुमाएर भेट्टायो। उसको जितमा इशान पाण्डेले सर्वाधिक २२, आशुतोष घिरइयाले १९ र शुभ कंसाकारले १६ रन जोडे।

यसअघि पहिला ब्याटिङ गरेको कर्णाली १९।१ओभरमा ५८ रनमा अलआउट भएको थियो। कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीका लागि रिजन ढकालले ५ र सूर्य तामाङले ४ विकेट लिए।

बागमती ८ खेलमा‌ चौथो जितपछि ८ अंकसहित तालिकाको चौथो स्थानमा छ। समान खेलमा‌ समान अंकसहित कर्णाली पाँचौं स्थानमा छ। यद्यपि दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिसकेको छन्।

प्रकाशित: ११ चैत्र २०८१ १५:१६ सोमबार

#PM Cup Cricket