खेल

दोस्राे नगरकपमा दिक्तेल ‘ए’ च्याम्पियन

दोस्रो दिक्तेल रुपाकोट मझुवागढी नगरकपको उपाधि उचाल्दै विजेता टिमका खेलाडी। तस्बिर: दमन राई÷नागरिक

खोटाङ – खोटाङमा सञ्चालन भएको दोस्राे दिक्तेल रुपाकोट मझुवागढी नगरकपको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल ‘ए’ ले जितेको छ।

शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा सम्पन्न प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपालाई १–० ले पराजित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल ‘ए’ च्याम्पियन बनेको हो। विजेता टिमका लागि शैलेस बजिमयले गरेको गोल नै निर्णायक बनेको हो।

प्रतियागिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार प्राप्त गरेका आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए।

प्रकाशित: ९ वैशाख २०७५ ०६:४६ आइतबार

दोस्राे नगरकपमा दिक्तेल च्याम्पियन