खेल

तारकेश्वर नगर खेलकुद विकासमा खड्गी

तारकेश्वर नगरपालिकाले नगर खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनीत गरेको छ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन्। खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन्।

कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश महर्जन र सानुबाबु महर्जन, सचिवमा गौरव बस्नेत, सहसचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा विष्णुकुमारी महर्जन छन्। उनीहरूलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे।

समितिको संरक्षकमा मेयर महर्जन र प्रमुख सल्लाहकारमा उपमेयर सृजना बुर्लाकोटी अर्याल रहने प्रावधान छ। पुरुषोत्तम खत्री, राजेश श्रेष्ठ, प्रभुराम फुयाल, सुमन कार्की, भवनाथ गजुरेल र सुवर्ण लामा सल्लाहकारमा चयन भए।

प्रकाशित: २६ फाल्गुन २०८१ ०७:५१ सोमबार

# Nepali Sports # Tarakeshwar Municipality