खेल

प्रिमियर लिगः लिभरपुल बराबरीमा

लन्डन – अन्तिम १८ मिनेट सम्हालिन नसक्दा लिभरपुल शनिबार अीन्तम स्थानको वेस्ट ब्रोमसँग २–२ को बराबरीमा रोकिएको छ।

यस नतिजापछि ३५ खेलमा ६१ अंक जोडेको लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा यथावत छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ३ अंक कम र चौथो स्थानको टोटेनह्याम भन्दा ३ अंक बढी हो। एक खेल कम खेल्दै ८७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा यथावत छ। २५ अंक जोडेको वेस्ट ब्रोम अन्तिम स्थानमा छ।

खेलको चौथो मिनेटमा ड्यानी इग्सले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। ७२ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेको थिए ।

त्यसको ७ मिनेटपछि जेक लिभरमोरले गोल गर्दै वेस्ट ब्रोमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। खेल सकिन अन्तिम दुई मिनेट बाकी हुँदा वेस्ट ब्रोमका जस सालोमन रोन्डनले गरेको गोलमा लिभरपुल अंक बाढ्न बाध्य भएको थियो।

प्रकाशित: ९ वैशाख २०७५ ०४:३८ आइतबार

प्रिमियर लिगः लिभरपुल बराबरीमा