खेल

समृद्ध समूह विजेता

काठमाडौं – समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ।

नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगितामा गोरिल्लाजले साइपाललाई ५६–२१ को स्कोरमा पराजित गरेको हो। गोरिल्लाज र साइपाल यसअअघि नै सेमिफाइनल पुगिसकेका थिए। समूह विजेता र उपविजेताको टुंगो लगाउने उक्त खेलमा गोरिल्लाजकी लुनिभा सिंहले १२ स्कोर गरिन।  

पहिलो क्वाटरमा १५–८ स्कोरको अग्रता लिएको गोरिल्लाजले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो। गोरिल्लाजले दोश्रोमा १७–४, तेश्रोमा १८–४ र चौथोमा ६–५ स्कोरमा नतिजा आफ्नो पक्षमा पारेको हो।

महिलामै आर्मी समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो। आर्मीले एनसीसीएसलाई ४२–२८ को स्कोरमा हरायो। आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन्।

सेमिफाइनलमा आर्मीको भेट गोरिल्लाजसंग हुनेछ भने साइपालले बुढानीलकण्ठको सामना गर्नेछ। पुरुषको सेमिफाइनल बुढानीलकण्ठ र आर्मी ‘बी’ तथा एसडिसी हाउन्ड्स र आर्मी ‘ए’ बीच हुनेछ। आइतबार र सोमबार कुनै खेल हुने छैन। सेमिफाइनल मंगलबारदेखि सुरु हुनेछ।

प्रकाशित: ९ वैशाख २०७५ ०४:१७ आइतबार

समृद्ध समूह विजेता