खेल

आइपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

कोलकाता– भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जाबसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्यो। अन्तिम समयमा लगातार विकेट गुमाएको कोलकाताका लागि क्रिश लिनले सर्वाधिक ७४ रन बनाए। ४१ बल खेलेका उनले  ६ चौका र ४ छक्का प्रहार गरे।

कप्तान दिनेश कार्तिकले २८ बलमा ४३ रन जोडे। उनले ६ चौका प्रहार गरेपनि छक्का प्रहार गर्न सकेनन्। रोबिन उथप्पाले २३ बलमा ५ चौका १ छक्कासहित ३४ रन बनाए। आन्द्रे रुसेल १० रनमा आउट हुँदा सुभम गिल १४ रनमा अविजित रहे। 

बलिङ्गतर्फ बरिण्डर श्रान, इन्ड्रयु टायले २–२ विकेट लिए भने मुजीब अर रहमान, रवीचन्द्रन अश्विनले १–१ विकेट लिए।

आज खेलिरहेका दुई टिम बलिउडका स्टारसँग जोडिएका छन्। कोलकाताका फाउण्डर शाहरुख खान हुन भने प्रिती जिन्टा पञ्जाबकी सह निर्माता हुन्। खेल हेर्न दुबै स्टार इडेन गार्डेन पुगेका छन्। 

प्रकाशित: ८ वैशाख २०७५ १२:०० शनिबार

आइपीएल कोलकाताले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य