खेल

नागरिककर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार

नागरिकर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्दै सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुबबिक्रम राई। तस्बिर: नागरिक

खोटाङ – खोटाङका नागरिककर्मी दमन राई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबले पत्रकार राईलाई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो।

‘सभ्य समाज निर्माणका निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका शनिबार सोल्मास्थित खेलमैदानमा सम्पन्न दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरकप समापनका अवशर पारेर पत्रकार राईलाई ५ हजार ५५५ रुपैयाँ राशिको  पुरस्कार प्रदान गरिएको हो।

नागरिककर्मी राईलाई सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुबबिक्रम राईले खेलकुद पत्रकारिता पुरस्कार राशि र सम्मानपत्र प्रदान गरेका हुन्। २०७० सालमा स्थापना भएको क्लबले गाउँमा खेल मैदान निर्माण, व्यवसायिक खेलाडी उत्पादन र समाजको सकरात्मक परिवर्तनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ८ वैशाख २०७५ ११:१३ शनिबार

नागरिककर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार