खेल

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। एन्फाले उनलाई एक वर्षका लागि जिम्मेवारी सुम्पिएको छ।

एन्फाका महासचिव किरण राईले रससँग सम्झौतामा हस्ताक्षर गरे। एशियन कप छनोट खेल सुरु हुन करिब तीन सातामात्र बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

यद्यपि, रस नेपालमा केही समययता बसोबास गरिरहेका थिए। एन्फाले चार महिनाअघि मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला गरेको थियो, जसपछि उनी छनोट भएका हुन्।

प्रकाशित: १८ फाल्गुन २०८१ १९:१५ आइतबार