खेल

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

इलाम – इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २ः४५ बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा कास्की–११ लाई ३–२ ले पराजित गर्दै आयोजक माइभ्याली फुटबल क्लबले विजयी सुरुआत गरेको छ।

प्रतियोगितामा ३ विभागीय टिम नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघको सहभागिता रहेको छ।  

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ।  

प्रकाशित: ७ वैशाख २०७५ ०५:५९ शुक्रबार

सशस्त्र प्रहरीको एपिएफ बंगलादेशको कावरान प्रगति संघ भिड्दै