बंगलादेश – आगामी सेप्टेम्बर ४ बाट बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ।
सार्वजनिक ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपाल रहेको समूहमा आयोेजक बंगलादेशसँगै भुटान र पाकिस्तान गरेका छन्। बंगलादेशको राजधानी ढाँकामा बुधबार (आज) भएको ड्र अनुसार समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स परेका छन् ।
अफगानिस्तान भने मध्य एसियामा गएपछि साफमा सहभागी राष्ट्रको संख्या ७ मा झरेको हो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन्।
प्रकाशित: ५ वैशाख २०७५ ०७:२२ बुधबार