काठमाडौं – जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।
वैशाख ६ देखि ८ सम्म हुने यु–१८ उमेर समूहको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली टिम कप टेबल टेनिसमा दोस्रो भएको नेपाली टोलीलाई सम्मान गरिएको थियो।
प्रकाशित: ५ वैशाख २०७५ ०३:५० बुधबार