मलेसियामा जारी यू-१९ महिला विश्वकपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको छ । खेल नेपाली समयअनुसार युकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
सुरुवाती दुवै खेल हारेको नेपाल सुपर सिक्सको सम्भावना कायमै राख्न बुधबार भने जित्नै पर्ने दबाबमा हुनेछ । अस्ट्रेलियासँग पराजित भए नेपाल अंकविहीन हुँदै घर फर्कनेछ । जितले भने उत्कृष्ट तेस्रो हुँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम रहनेछ । सुरुवाती दुवै खेल जितेर अस्ट्रेलिया नेपालविरुद्धको खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।
महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।
प्रकाशित: ९ माघ २०८१ ११:५९ बुधबार