खो खो विश्वकपको पहिलो संस्करणमै ऐतिहासिक सफलता हासिल गरेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपालको महिला र पुरुष दुवै टोली आयोजक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
महिला टोलीले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने नेपाल भारतीय टिमसँग ७८–४० ले पराजित हुँदै उपविजेता बन्यो।
नेपालले समूह चरणमा बंगलादेश, श्रीलंका, भुटान र जर्मनीलाई पराजित गरेको थियो। सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो।
पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भयो। नेपाल उद्घाटन खेलमा पनि भारतसँग पराजित भएको थियो।
समूहचरणमा भारतसँग पराजित भएपनि नेपालले पेरु, ब्राजिल र भुटानलाई हराएको थियो। सेमिफाइनलमा नेपालले क्वार्टरफाइल र सेमिफाइनलमा बंगलादेश र इरानलाई हराएको थियो।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: ७ माघ २०८१ १९:०३ सोमबार