मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन जोडेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोड्दा सावित्री धामीले १० रन जोडिन । बलिङमा स्कटिस बलर माइसी मसेराले ५ विकेट लिइन ।
विश्वकपमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाली टोली बाङ्लादेशसँग ५ विकेटले पराजित भएको थियो ।
प्रकाशित: ७ माघ २०८१ १३:५९ सोमबार