खेल

आर्मीको विजयी सुरुआत

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी  ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ।

विशाल मिलन केन्द्रको कोर्टमा आर्मीले युनिभर्सललाई ८२–३३ ले पराजित गर्दा रविन खत्रीले सर्वाधिक ३३ स्कोर गरे। पहिलो क्वार्टरमा १८–१२ को अग्रता लिएको आर्मी ‘ए’ ले अन्तिम क्वार्टरसम्म त्इसलाई कायम राख्यो। दोस्रो क्वार्टरमा १५–२ ले अघि रहेको आर्मी तेस्रोमा ३३–९ तथा अन्तिम क्वार्टरमा १६–१० को अग्रता लिन सफल भयो।

आइतबारै सम्पन्न अन्य खेलमा जेभियर इन्टरनेसनल र एसडिसी हन्ड्सले विजय हात पारे। जेभियरले अनिश मगरको सर्वाधिक १६ स्कोरको मद्दतमा आयोजक नेपाल खेलकुद महासंघ (नेकोस) लाई ५०–४१ ले पराजित गर्दा हन्ड्सले साउथ साइडर्सलाई सरोज श्रेष्ठको सर्वाधिक २५ स्कोरको मद्दतमा ५७–५२ को स्कोर पराजित ग-यो।

यस्तै, महिलातर्फको खेलमा साइपाल एकेडेमीले आयोजक नेकोसमाथि  ६२–१६ को  फराकिलो जित हात पा-यो।

लिग कम नकआउट प्रणालीमा वैशाख १३ गते सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ९ तथा महिलातर्फ ६ टिमले सहभागिता जनाएका छन्।

प्रकाशित: ३ वैशाख २०७५ ०४:२१ सोमबार

आर्मीको सुरुआत