खेल

बार्सिलोनाको नयाँ कीर्तिमान

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ३९ खेलसम्म अपराजित हुने कीर्तिमान कायम गरेको छ।

प्रतियोगिता अन्तर्गत शनिबार राति सम्पन्न खेलमा भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै सो कीर्तिमान रचेको हो। यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो।

बार्सिलोनालाई विजयी गराउन १५ औं मिनेटमा लुईस सुवारेज र ५१ औं मिनेटमा सामुएल उम्टीटीले गोल गरे। भ्यालेन्सियाका डानी परेजोले ८७ औं मिनेटमा पेनाल्टीमार्फद एक गोल फर्काए।

जितसँगै बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ। बार्सिलोना भन्दा एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६८ अंक छ। योसँगै बार्सिलेनाले ला लिगाको उपाधि होड बलियो पारेको छ। साविक विजेता रियाल मड्रिडको ६४ अंक सहित चौंथो स्थानमा छ।

प्रकाशित: २ वैशाख २०७५ ०५:१९ आइतबार

बार्सिलोनाको कीर्तिमान