खेल

प्रो.सञ्जयको टिमलाई सफलता

प्रोफेसनल गल्फर सञ्जय लामाको टोलीले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ।

धरान गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा प्रो. गल्फर सञ्जयको टोलीले १६७ अंकसहित उपाधि उचालेको हो। प्रो. गल्फर सञ्जयले ४१ तथा एमेच्योरहरू भुवनेश लिम्बुले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बुले ४१ अंक बनाए। नेपाल नम्बर एक प्रो. गल्फर भुवन नगरकोटीको टोली १५९ अंकसहित दोस्रो भयो।

भुवनले ३९ अंक जोड्दा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर्णबहादुर राई र बलबहादुर राईले समान ४० अंक बनाए। प्रो. नीरज तामाङको टिम १५५ अंक सहित तेस्रो भयो। उनले ३८ अंक जोड्दा एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९ अंक बटुले।

महिलातर्फ ४२ अंक जोडेकी बिना उत्कृष्ट खेलाडी भइन्। प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लंगेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जिते।

प्रकाशित: १४ पुस २०८१ ०९:५९ आइतबार

# Professional golfer Sanjay Lama # Surya Nepal Eastern Open Pro-M