खेल

व्यवसायी भट्टराईसहित आठ राखेप सदस्य नियुक्त

व्यवसायी तथा खेलकर्मी कमलबहादुर भट्टराई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले परिषद्मा रिक्त रहेका सदस्यमध्ये आठ जनालाई नियुक्त गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार रिक्त रहेको बोर्ड सदस्य नियुक्त गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ। खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईसहित आठ जनालाई बोर्ड सदस्य नियुक्त गरेको हो।

उनीसँगै हिमाल श्रेष्ठ, जगतसिंह धामी, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, नन्दा बस्याल र सुवर्ण श्रेष्ठ नियुक्त भएका छन्। तेक्वान्दो खेलाडी नन्दा र नेपाल हक्की संघकी महासचिव सुवर्ण दोहोरिएका हुन्। अन्यले पहिलोपल्ट जिम्मेवारी पाएका हुन्।

प्रकाशित: १३ पुस २०८१ १०:४२ शनिबार

# Businessman and sportsperson Kamal Bahadur Bhattarai