खेल

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको गतिलो सुरुवात

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले गतिलो सुरुवात गरेको छ।  

मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ। पहिलो दिन नै अघिल्लो क्रमका चार ब्याट्सम्यानले अर्धसतक प्रहार गरेका छन्। साम कोन्सटासले ६८, उस्मान खवाजाले ५७, मार्नुस लाबुस्चेनले ७२ र स्टेभन स्मिथले नटआउट ६८ रन बनाएका छन्। ट्रेभिस हेड शून्य रनमा बोल्ड हुँदा एलेक्स केरीले ३१ र मिचेल मार्सले ४ रन बनाए। स्मिथसँगै क्याप्टेन प्याट क्युमिन्स ८ रनमा क्रिजमा छन्।  

भारतका लागि जस्प्रित बुमराहले ३ तथा रविन्द्र जडेजा र आकाश दीपले समान एक विकेट लिएका छन्।  

५ खेलको शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्टमा भारत २९५ रनले र दोस्रोमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो। वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो।

प्रकाशित: ११ पुस २०८१ १३:३७ बिहीबार

#NagarikNews #sports #cricket